न्युयोर्कमा मनायो म्हः पुजा

एभरेष्ट टाइम्स
न्युयोर्क- नेवार समुदायले नया वर्ष (नेपाल सम्वत) तथा दिपावालीको अवसरमा न्युयोर्कमा कार्यक्रमको आयोजना गरियो । नेपाल सम्वत र दिपावाली (/स्वन्ती नखः ) ११३५ को अवसरमा न्युयोर्क नेवा गुठीले गत सुक्रबार अक्टुबर २४ तारिख आयोजना गरेका थिए । अमेरिकामा प्राय समुदायले सवैको विदाका समय हेरेर विशेष कार्यक्रमहरु शनिबार आइतबार मात्र गर्ने गर्छन तर नेवार समुदायले भने म्ह पुजा जुन दिन पर्छ त्यही दिन गदै आएका छन । न्हृयुदया भिन्तुनाको अभिवादनसंगै गुठीले उक्त कार्यक्रम सनीसाइडको कम्युनिटि हलमा आयोजना गरेका थिए ।

कार्यक्रमको शुरुवात नेवारी धुनमा कविना मर्हजनले नृत्य मार्फत स्वागत गरेकी थिइन । नेवारी पोशाकमा सक्रिय रहेका गुठीका पदाधिकारीहरुमा महिलाहरु पुजामा व्यस्त थिए । कार्यक्रमको पुजा पछि भोजको बेला नेवारी गीत संगीत बजाइरहेका थिए । ' नेवार जातीको मौलिक सस्कृतिलाई जर्गेर्ना गर्न हरेक वर्ष गुठीले म्ह पुजा आयोजना गदै आएको हो' गुठीका कार्यवाहक अध्यक्ष धर्मेन्द्र गोपालीले एभरेष्ट टाइम्सलाई भने-' आफुले आफैलाई पुजा गर्ने यो विशेष पर्वले सकारत्माक सोच विचार र दिघार्युको कामना गर्दछ' ।

उनका अनुसार नेवार समुदायको भाषा, कला, संस्कृतिको संरक्षणका लागी सन २००७ सालमा स्थापित गुठीले न्युयोर्कमा प्रत्येक वर्ष नया वर्षको भिन्तुना कार्यक्रमको साथै चार वर्षदेखिन निरन्तर रुपमा म्ह पुजा कार्यक्रम आयोजना गदै आएको छ ।

वारी कला, संस्कति, भाषा र परम्परा झल्कने गरी परम्परादेखि चली आएको म्ह पूजाको थालनी लामो समयदेखिन गदै आएको इतिहासविदहरु बताउछन । यो समुदायमा आफुभित्रको आत्मालाई चोख्याउने धारणाले गरिदैं आएको यो म्ह पूजामा बारा, अण्डा , माछा र रक्सी सहितको सगुन दिनुका साथै नेवारी खाना समयबजी भोजको खुवाउदै आएको छ ।
' नेवारी नया वर्ष र भाईटिकाको अघिल्लो दिन मनाउदै आएको नेवार समुदायको सवैभन्दा ठुलो म्ह पुजाको विशेषता भनेकै सवै जातजातीहरुसग बसेर मनाउने हो ' गुठीका महासचिव निर्मल प्रधानले भने-' महिलाहरुकै अगुवाईमा र उनीहरुकै निर्देशनमा नेवारी समुदायमा मनाउने एक मात्र पर्व भनेको पनि म्ह पुजानै हो ' । गुठीका महासचिव प्रधानका अनुसार ३ सय जनाको सहाभागीता रहेको पुजाको लागी चाहिने पुजासामाग्री र भोज खाने टपरिहरु सवै नेपालबाट मगाएका थिए । कार्यक्रममा उपाध्यक्ष रविन राज बज्राचार्यले सबैलाई स्वागत गदै म्ह पुजाको बारेमा जानकारी दिएका थिए ।

Source : Everest Times News