गम्भिर आपत्ति

मितिः मार्च २९, २०१८

प्रेस विज्ञप्ति

गत चैत्र १४, २०७४ का दिन उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समितिले मौलिक हकको संरक्षणका लागि आयोजना गरिएको शान्तिपूर्ण माईतिघर मण्डला धर्ना कार्यत्रममा नेपाल प्रहरी (सुरक्षाकर्मी) ले लाठीचार्ज, अंश्रु ग्यांस, पानीको फोहोरा तथा शारिरिक बलले अमानवीय, बर्बरता तथा क्रुरता पूर्वक पुर्वाग्रह पिडित भई बृद्ध, महिला तथा बालबालिकाहरुलाई प्रहार गरेको घटना प्रति नेवा गुठी, न्यूयोर्क गम्भिर आपत्ति जनाउदछ । उक्त विध्वम्समा घाइते भएका सहभागी जनताहरुको उपचारका साथै समाएका व्यक्तिहरुको अविलम्व रिहाईका लागि सम्बन्धित निकाय समक्ष नेवा गुठी, न्यूयोर्क माग गर्दछ ।

काठमाडौं उपत्यका (स्वनिगः) नेवाः समुदायको परम्परागत प्राचीन सभ्यता, संस्कृती भूमि हो । सडक विस्तार विकास जस्ता नाममा चलाएको कार्यले नेवार समुदायको बस्ती मात्र हैन राष्ट्र्को सम्पति सम्पदा नेवा संस्कृती तथा सभ्यता नै विध्वम्स गरी तहस नहस गर्ने पुर्वाग्रह पिडित गुरु योजनाको उद्धेश्य भएको यस्ता क्रमवद्ध घटनाहरुले प्रमाणित गरेका छन । नागरिकहरुको मौलिक हकको वेवास्ता गर्दै जवरजस्ती यस्ता सडक विस्तार लगाएतका विकासको नाममा भइरहेको वाह्य चक्रपथ, काठमाडौं तराई फास्ट ट्रायक तथा स्याटेलाइट सिटि जस्ता कार्यहरुले यहांको स्थानीय बासिन्दाहरु नेवार लगायत सम्पूर्ण जनजातिका बासिन्दाहरुलाई हुन गएको धनसम्पतिको क्षतिका साथै सुकुम्बासी समेत हुन पुगेका छन् भने देशको सम्पदा, संस्कृति र सभ्यता धरापमा परेका छन् । उपत्यकामा भएको सांस्कृतिक, धार्मिक, पौराणिक मठमन्दिरको जगेर्नाका गर्नुको साथै जीविकोपार्जन गर्ने धन सम्पति (जग्गा) को पनि विनाश भएको छ भने जग्गा धनीलाई विना सुचना जग्गा अतिक्रमण गर्ने जस्ता कार्यहरु शिघ्र रोकिनु पर्नेछ र क्षतिपूर्तिको मुआव्जा समेत उपलव्ध गराई दिनु पर्छ भनी नेवा गुठी, न्यूयोर्क नेपाल सरकार समक्ष हार्दिक अनुरोध गर्दछ । साथै आगामी दिनहरुमा यस्तो कार्यहरु पुनः नदोहोरियोस् भनी सम्बन्धित निकायको ध्यानार्कषण गराउनु चाहन्छौ ।

साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय जनजाती, राष्ट्र्रवादी, देशप्रमी तथा सम्वन्धित संघ संस्थाहरुसंग यस्ता सरकारी पुर्वाग्रह पिडीत अमानविय क्रुर र बर्बताको घोर विरोध गर्न समेत अपिल गर्दछौ ।

धन्यवाद ।

धमेन्द्र गोपाली

अध्यक्ष